Posts

Showing posts from May, 2025

सङ्घीय प्रणाली र नेपालमा सङ्घीय शासन व्यवस्था

Image
   – मनहरि तिमिल्सिना १. प्रारम्भ विश्वका सबै मुलुकले आफ्नो विशिष्टता र मौलिकताअनुरूपको शासकीय प्रणाली अपनाउँदै आएका छन् । त्यस्ता शासकीय प्रणालीमा विश्वका विभिन्न मुलुकसँगको अन्तसम्बन्धका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आधारहरू, आम नागरिकको आकाङ्क्षा र मनोविज्ञान, देशको विशिष्टता र मौलिकता एवं शासकीय प्रणालीबारे निर्णय लिने प्राधिकार प्राप्त राजनीतिक शक्तिहरूको सिद्धान्त, राजनीतिक आदर्श र राजकीय विवेकजस्ता पक्षहरू जिम्मेवार रहन्छन्, जसले देशको शासकीय प्रणाली छनोट एवं संवैधानिक ढाँचा प्रदान गर्न निर्णायक भूमिका खेल्दछन् । विश्वको कुनै देश वा राज्य सञ्चालनका निम्ति अपनाइने शासन प्रणाली वा शासनको संरचनागत ढाँचा शासकीय प्रणाली हो । जसले शासनको सिद्धान्त, रणनीति, अधिकारको बाँडफाँट, सरकारका अङ्गहरूको कार्य, नागरिकको अधिकार, कानुन निर्माणको दिशानिर्देश, राज्य सञ्चालनका नियमहरू लगायतका विषयमा संवैधानिक प्रबन्ध गर्दछ ।  राज्यका प्रमुख अङ्गहरू कार्यपालिका (Executive) व्यवस्थापिका (Legislature) र न्यायपालिका (Judiciary) बीच अन्तरसम्बन्ध र शक्ति पृथकीकरणको सिद्धान्तको संव...

मिसन २०८४ : भोलिवादको झोली

Image
– मनहरि तिमिल्सिना प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पुग्दा नपुग्दै एकथरि दलहरू “मिसन २०८४” को प्रचारमा छन्। उनीहरूको तर्क छ– “यसपटकको निर्वाचनमा बहुमत ल्याउन सकिएन, २०८४ को निर्वाचनमा बहुमत ल्याउँछौँ र सत्ता सञ्चालन गर्छौं।” यो तर्कले जनमतको उपेक्षा गरिरहेको प्रतीत हुन्छ।  मिसन २०८४ सुनिरहँदा प्रसिद्ध साहित्यकार भैरव अर्यालको “जय भोलि” निवन्धको स्मरण आउँछ। अर्यालका अनुसार आजको आलस्य मानिस आफ्ना सामुन्ने आइपरेका कर्तव्य र उत्तरदायित्वलाई परपर पन्छाएर आफू सुखी बन्ने सपना देखिरहेको हुन्छ। ऊ तुरून्तै गर्न सकिने कामलाई पनि भोलि–भोलि भनी तमाम काम साँचेर आफू र समाजलाई नै निस्कियतातर्फ धकेलिरहेको छ।  अर्यालले आफ्नो व्यङ्ग्यको पहिलो निसाना सिँहदरबारलाई बनाएका थिए, जहाँ हरेक मन्त्रालय, विभाग, तला, कोठा र टेबुलमा सानोभन्दा सानो कामका लागि भोलिको भाका राखिन्छ। यस कार्यालयको सिको गरेर “राजाको काम कहिले जाला घाम” भनेझैँ सबै निकायका कर्मचारी पनि देश र जनताको काम छिटो फत्ते गर्नुको सट्टा कार्यालयको समय गुजार्नुतिरै ध्यान दिन्छन्। नेपाली समाजमा भोलिवाद भयानक रोगका रूपमा स्थापित हुँदैछ। आज, भर्ख...

झापा विद्रोह र समाजवादी क्रान्ति

Image
– मनहरि तिमिल्सिना तात्कालीन मेची–कोशी प्रान्तीय कमिटीको झापा जिल्ला कमिटीले वि.सं. २०२८ मा सामन्तविरूद्धको सशक्त प्रतिरोधका रूपमा सुरू गरेको झापा विद्रोह नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण परिघटना र दक्षिणपन्थी एवं मध्यपन्थी अवसरवादका विरूद्ध विद्रोह थियो। न्यायपूर्ण समाज एवं नयाँ जनवादी राज्यसत्ता स्थापनाको लक्ष्य लिएर सुरू भएको विद्रोहका सैद्धान्तिक कमजोरीहरू पनि थिए। तर, त्यसको उद्देश्य महान् र ऐतिहासिक थियो। दीर्घकालीन सङ्घर्षको कठिन बाटो तय गरेको विद्रोहले नयाँ जनवाद, पञ्चायती व्यवस्थाविरोधी जनतन्त्रवादी राजनीति, अर्धसामन्ती एवं अर्धऔपनिवेशिक उत्पीडनबाट मुक्ति, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संयोजनको लक्ष्य लिएको थियो। कार्यनीतिक रूपमा सामन्तवादको जरा उखेल्ने उद्देश्य राखेको थियो। झापा विद्रोहको उठान वि.सं. २०२७ बाटै प्रारम्भ भएको मान्न सकिन्छ। विद्रोह अगाडि बढ्दै जाँदा तात्कालीन पञ्चायती व्यवस्थाले क्रान्तिकारी शक्तिविरूद्ध चरम दमनको नीति लियो। क्रान्तिकारी उद्देश्यमा आधारित हुँदाहुँदै पनि एकातर्फ व्यवस्थित राजनीतिक कार्यदिशाको अभाव, कार्यनीतिक श्रृङ्खला...

स्थानीय जनप्रतिनिधिको नयाँ जिम्मेवारी

Image
– मनहरि तिमिल्सिना चिन्तक थोमस जेफर्सन भन्छन्, ‘जब कुनै पनि व्यक्तिले सार्वजनिक पदको अभिभारा बहन गर्छ भने उसले आफूलाई सार्वजनिक सम्पत्तिको रुपमा लिन सक्नुपर्छ।’ स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै हजारौं नागरिकहरुको भूमिका जनप्रतिनिधिको रुपमा फेरिएको छ। विश्वका कमै मुलूकहरुमा अभ्यासमा आएको र नेपालमा बिलकूलै नयाँ अभ्यासको रुपमा रहेको संघीय प्रणालीलाई कार्यान्वयन गर्ने चुनौति बोकेर उनीहरु निर्वाचित भएका छन्। स्थानीय सरकार भएकाले यसपटकका जनप्रतिनिधिहरुको जिम्मेवारी विगतभन्दा पृथक र गुरुत्वपूर्ण छ भन्नेमा सायदै विवाद होला।  विगतको स्थानीय निकायको निर्वाचनमा विजयी कैयौं नेताहरु यसपटक पनि निर्वाचित भएका छन्। सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशीलता र अनुभवका दृष्टिले उनीहरुका कैयौं अनुभवहरु प्रयोगमा आउन सक्नेछ। तर, संघीय मोडलको स्थानीय तहमा विगतकै अनुभवले काम गर्ला भन्ठान्नु बिल्कूलै भ्रम हुन जान्छ। विगतको स्थानीय निकाय बिकेन्द्रिकरणको राज्य नीतिको एक अंग थियो, निर्वाचित जनप्रतिनिधिहरु केन्द्रीय सरकारको अधिनस्थ रही स्थानीय शासन र विकासको काम गर्दथे। तर, यसपटकको स्थानीय तह धेरै नै अधिकार...

प्रसिद्ध कृति ‘दर्शनदिग्दर्शन’मा के छ ?

Image
– मनहरि तिमिल्सिना   दर्शनसम्बन्धी विश्वप्रसिद्ध पुस्तक ‘दर्शनदिग्दर्शन’का लेखक प्रसिद्ध भारतीय चिन्तक एवं विश्लेषक राहुल साङ्कृत्यायन (१८९३–१९६३) हुन् । राजनीतिक संघर्षका क्रममा साङ्कृत्यायनले सन् १९४२ को भारतीय केन्द्रीय जेलमा उक्त पुस्तक लेखेका थिए । ६१४ पेज लामो पुस्तकको वि.सं. २०७३ मा चिन्तक नारायणप्रसाद आचार्यले पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । ११०५ रूपैंयाँ मूल्य रहेको यस पुस्तक अक्षरदीप प्रकाशनले बजारमा ल्याएको हो । दर्शनको विश्व इतिहास, यसको विकासक्रम र दर्शनको मार्क्सवादी विवेचना गर्ने हरेक अध्येताहरूका निम्ति पुस्तक अति उपयोगी रहेको छ । दर्शनका क्षेत्रमा नेपाली भाषामा अनुवादित यस कृतिले विश्वदर्शनलाई बुझ्न एवं मार्क्सवादी दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।   १. राहुलको संक्षिप्त परिचय राहुल साङ्कृत्यायनको जन्म सन् १८९३ अप्रील १४ का दिन भारतको उत्तरप्रदेशको आजमगढमा भएको थियो । सम्पन्न परिवारमा जन्मिएका राहुलको वास्तविक नाम केदारनाथ पाण्डे थियो । उनका बुबा गोवर्धन पाण्डे एक धार्मिक विचारधाराका किसान थिए । राहुल सानैदेखि मेधावी प्रतिभायुक्त ...