Posts

Showing posts from 2024

भौतिकवादी द्वन्द्ववादमा विकासको प्रश्न

Image
 – मनहरि तिमिल्सिना मार्क्सवादी लेखक एवं चिन्तक गोपीरमण उपाध्यायले आफ्ना दार्शनिक रचनाहरूको सारांशको संकेन्द्रित कृतिका रूपमा प्रकाशित गोष्ठीपत्र प्रकाशन आफैमा मौलिक ग्रन्थ हो। विगतका गोष्ठीहरूको परम्पराभन्दा मौलिक ढाँचाको यस विचारमन्थनले दर्शनको गुरूत्व, विकासक्रम र वर्गीय पक्षधरताका दृष्टिले समेत महत्वपूर्ण अर्थ राख्दछ। यस मौलिक र महत्वपूर्ण कार्यक्रमका निम्ति आदरणीय गुरू गोपीरमण लगायत समस्त विद्वत् वर्गमा बधाइ एवं शुभकामना व्यक्त गर्दछु। दार्शनिक विचार गोष्ठीपत्रमा मूलभूत रूपमा तीन महत्वपूर्ण सामग्री समाविष्ट छन्, पहिलोः आधारपत्रका रूपमा आजका प्रगतिशील बुद्धिजीवीहरूको कर्तव्य, दोस्रोः अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयक अवधारणापत्र र तेस्रोः गोष्ठीपत्रमाथि विद्वान्हरूले प्रस्तुत गर्नुभएका पूरक विचार वा टिप्पणीहरू। यद्यपि, अवधारणापत्रका रूपमा परिभाषित गरिएता पनि दर्शनबोध र दृष्टिकोण निर्माणका दृष्टिले कृति संक्षिप्त तर गहन ग्रन्थ देखिन्छ। प्रस्तुत कृतिमाथि मैले निम्न टिप्पणी प्रस्तुत गरेको छु : १.     कमरेड पुष्पलालको आजका प्रगतिशील बुद्धि...

विश्व–व्यवस्था र समाजवादको भविष्य

Image
– मनहरि तिमिल्सिना औद्योगिक पुँजीवाद प्रगतिशील चरित्रको थियो । किनकि, त्यो उत्पादनमा केन्द्रित थियो । त्यसले औद्योगिक सर्वहारामाथि अतिरिक्त श्रम कालमार्फत श्रम शोषण गरे तापनि उत्पादकत्व वृद्धि गर्दथ्यो । नागरिकको क्रयशक्तिको कमीका बाबजुद राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रगतिशील भूमिका खेल्दथ्यो । तर, मुनाफाको होडमा त्यस्तो उत्पादन मानवीय आवश्यकताका सीमाहरू नाघेर मुनाफाका क्षेत्रहरूको खोजीतर्फ दौडियो । यसले नागरिकका आवश्यकताहरूको अध्ययन, विश्लेषण वा प्रक्षेपणका आधारमा नभएर अत्यधिक नाफा आर्जन गर्न सकिने क्षेत्रहरूको छनोटमा आफूलाई केन्द्रित गर्‍यो । अर्कोतर्फ एकाधिकारी पुँजीको विकासले औद्योगिक सर्वहारा वर्गमा बेरोजगारीको अवस्था गुणात्मक दृष्टिले वृद्धि हुँदै गयो, जसबाट नागरिकले कारखानामा उत्पादित माल जीवनका निम्ति अत्यावश्यक भएर पनि खरिद गर्नसक्ने परिस्थिति रहेन । बजार मूल्यमा आएको यही दुष्चक्र पुँजीवादमा आर्थिक सङ्कटको रूपमा देखा पर्‍यो । उत्पादित मालको खपतका निम्ति राष्ट्रिय बजार शक्तिशाली नहुनु र औद्योगिक उत्पादनको दरले राष्ट्रिय आवश्यकताको घेरा तोड्नुका कारण पुँजीवादले देशीय सीमा भत्क...

राजतन्त्रको बिरासत र गणतन्त्रको सौन्दर्य

Image
– मनहरि तिमिल्सिना १९ औं शताब्दीको उत्तरार्धसम्म विश्वको निर्बिकल्प शासकीय प्रणालीको रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक शासन व्यवस्था आज विश्वमा दुर्लभजस्तै हुन थालेको छ। विश्वका कतिपय मुलुकहरुले राजतन्त्रको अस्तित्व बाँकी राखेका छन्, यद्यपि त्यो आलंकारिक ढाँचाको छ। आदिम साम्यवादी समाजको पतन र दासप्रथाको प्रारम्भदेखि नै विश्वमा राजतन्त्रको अभ्यास प्रारम्भ हुन्छ। यद्यपि, यसको संस्थागत विकासका निम्ति झण्डै हजार वर्षभन्दा लामो समय व्यतित भएको छ। सामन्तवादको प्रारम्भसम्म आइपुग्दा स–सानो जमिनको मालिकलाई युरोपमा ‘लर्ड’को नाम दिइन्थ्यो, जो जमिनको अग्राधिकार राख्थे, जमिनको कूत उठाउँथे। त्यसवापतको केही हिस्सा आफूसँग राखेर ठूलो हिस्सा केन्द्रमा पठाउँथे। भूदास एवं किसानहरुमाथि नियन्त्रणका लागि राज्यसत्ताको हतियार मात्रै प्रयोग पर्याप्त नभएपछि उनीहरुले अलौकिक शक्तिको अस्तित्व र सो शक्तिबाट आफूहरुले प्राधिकार प्राप्त गरेको स्वघोषणा गर्थें र निर्धा नागरिकमाथि बर्बर दमन गर्थे। यही प्रचलन प्रकारान्तरले राजतन्त्रको व्यवस्थित राज्यसंरचनामा विकसित भयो। सन् १७८९–९९ को फ्रान्सेली राज्यक्रान्तिपछि राजतन्त्र...

बहस : विद्वताको जीवन-मूल्य

Image
– मनहरि तिमिल्सिना पौरत्स्य दर्शन , सभ्यता , संस्कृति र वाङ्मयका दृष्टिले नेपालीहरू वैभवशाली र गौरवशाली दुबै छौँ। किराँत दर्शन , बुद्ध दर्शन , षड्दर्शन , लोकायत दर्शन , वेदान्त दर्शन लगायतका हाम्रा दार्शनिक वैभवहरू विश्व मानचित्रमा आजपर्यन्त उत्तिकै ख्यातिप्राप्त र महत्तम् प्रकृतिका छन्। सभ्यता र शक्तिको केन्द्र पूर्वबाट पश्चिमतर्फ स्थान्तरण हुनुपूर्व हाम्रो प्राच्यविद्याको साम र्थ्य र बहस घनिभूत थियो। तर , वर्तमानमा विद्याको सर्वमान्य प्रधानतालाई सुविचारित बेवास्ता गरिरहेको अनुभूत हुन्छ। कोभिड महामारीको चुनौतीपूर्ण त्रासबाट मुक्त हुन , अध्ययनलाई जीवनसंस्कृतिका रूपमा पुनःजागृत गर्न , चुनौतीलाई अवसरमा बदल्ने सिद्धान्तको व्यवहारिक प्रयोजनार्थ हामीले वैचारिक स्कुलको आरम्भ ग र् ‍ यौँ। अध्ययनको तत्परता हुँदाहुँदै पनि मृतप्रायः अध्ययनसंस्कृतिको गुरूत्वबाट चिथिएका पुस्तकहरू खोलिए। विद्यानुरागीहरूका बीच सघन अन्तरक्रियाको वातावरण बन्यो। यो आफैमा उत्साहजनक र प्रेरणादायीसमेत रह्यो। तर , कतिपय सन्दर्भमा अनपेक्षित प्रश्नहरूको सामना गर्नुप र् ‍ यो। जसलाई हामीले अग्रजका रूपमा दिशानिर्देशका रू...